नेभिगेशन
सबै कुरा

बालिका बलात्कार आरोप लागेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडाैँ । बाल श्रम शोषणसँगै बलात्कार आरोप लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले बालिका बलात्कार आरोपी शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो । 

Ncell
Extreme Energy

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत शिवाकोटीले रौतहट स्थायी घर भएकी एक बालिकालाई ६ वर्षकै उमेरमा पढाउने बढाउने सर्तमा काठमाडौँ ल्याएका थिए । तर  जब ति बालिका ८ वर्ष पूरा भइन, त्यसपश्चात उनीमाथि इन्स्पेक्टर शिवाकोटीले बारम्बार बलात्कार गरेको आरोप छ । हाल १३ वर्ष पुगेकी ति बालिकालाई ति इन्स्पेक्टरले विगत ५ वर्षदेखि बारम्बार बलात्कार गरेको आरोप छ । 

आफूविरुद्ध भएको शोषणबाट मुक्ति पाउने आशामा ति बालिकाले काठमाडौँ महानगरपालिकामा सम्पर्क गरेकी थिइन् । महानगरपालिकाको बाल उद्दार टोलीले ति बालिकाको उद्धार गर्नुका साथै प्रहरी इन्स्पेक्टर शिवाकोटीलाई काठमाडौँ प्रहरी परिसर अन्तर्गतको स्वयम्भू वृत्तको जिम्मा लगाएको थियो । 

सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार :

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...