नेभिगेशन
सबै कुरा

बालिका बलात्कार आरोप लागेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडाैँ । बाल श्रम शोषणसँगै बलात्कार आरोप लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले बालिका बलात्कार आरोपी शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो । 

City Express

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत शिवाकोटीले रौतहट स्थायी घर भएकी एक बालिकालाई ६ वर्षकै उमेरमा पढाउने बढाउने सर्तमा काठमाडौँ ल्याएका थिए । तर  जब ति बालिका ८ वर्ष पूरा भइन, त्यसपश्चात उनीमाथि इन्स्पेक्टर शिवाकोटीले बारम्बार बलात्कार गरेको आरोप छ । हाल १३ वर्ष पुगेकी ति बालिकालाई ति इन्स्पेक्टरले विगत ५ वर्षदेखि बारम्बार बलात्कार गरेको आरोप छ । 

आफूविरुद्ध भएको शोषणबाट मुक्ति पाउने आशामा ति बालिकाले काठमाडौँ महानगरपालिकामा सम्पर्क गरेकी थिइन् । महानगरपालिकाको बाल उद्दार टोलीले ति बालिकाको उद्धार गर्नुका साथै प्रहरी इन्स्पेक्टर शिवाकोटीलाई काठमाडौँ प्रहरी परिसर अन्तर्गतको स्वयम्भू वृत्तको जिम्मा लगाएको थियो । 

सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार :

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...