नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने भएका छन् । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाबाट सरकारमा उपप्रधानसहित ४ मन्त्री समभागी छन् । जसमा स्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री छन् । त्यस्तै सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री रहेका छन्

Ncell
Extreme Energy

नेकपा एमालेले य्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर नेपाली कांग्रेसँग सत्ता साझेदारी गर्ने सहमती गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको हो । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पनि बुधबार सामूहिक राजीनामा बुझाएका थिए ।

एमालेले सरकार छोडेपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छोड्न लागेका हुन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

भर्खरै