नेभिगेशन
सबै कुरा

जसपाले मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको छैनः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएपनि मन्त्रीहरुलाई राजीनामा दिन लगाइएको छैन । 

सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रमअनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताएका थिए । यद्यपि, पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए । तर, सो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको जानकारी दिए । पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने उनले बताए । मन्त्री यादवले भने, “पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बैठक बसेर आवश्यक निर्णय हुन्छ ।”

यसअघि आज बिहान पार्टीका महासचिव राईले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने बताएका थिए । उनले प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने बताएका थिए । सोही जिज्ञासामा भर्खरै महासचिव राईले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा बनाएको र त्यसमा साँझसम्म पदाधिकारी बैठक बसेर निर्णय लिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...