नेभिगेशन
सबै कुरा

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने सहकारी छानबिन समितिको निर्णय

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र अन्य निकायले सहकारी ठगि प्रकरणमा गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिन गृह सचिव र प्रहरी महानिरिक्षणलाई बोलाउने निर्णय गरेको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए । बिहीबारको बैठकमा महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसंग सहकारीका बिषयमा छलफल गरेको उनले बताए । महालेखाका प्रतिवेदनमा सहकारी समस्याका बिषय उल्लेख भएकाले महालेखा परीक्षकसंग छलफल गरिएको उनको भनाइ छ । सहकारी विभागले सहकारी प्रणाली विकसित गरेको तर प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएको संयोजक थापाले बताए ।

Extreme Energy
citizen life

उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा सम्पती शुद्धिकरण गर्नुपर्ने लगाएका सुझाव आएको जिकिर गरे । बैठकले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई समितिको सम्पर्कमा आएर छानविनमा सघाउन आग्रह गरेको संयोजक थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...