नेभिगेशन
सबै कुरा

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने सहकारी छानबिन समितिको निर्णय

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र अन्य निकायले सहकारी ठगि प्रकरणमा गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिन गृह सचिव र प्रहरी महानिरिक्षणलाई बोलाउने निर्णय गरेको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए । बिहीबारको बैठकमा महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसंग सहकारीका बिषयमा छलफल गरेको उनले बताए । महालेखाका प्रतिवेदनमा सहकारी समस्याका बिषय उल्लेख भएकाले महालेखा परीक्षकसंग छलफल गरिएको उनको भनाइ छ । सहकारी विभागले सहकारी प्रणाली विकसित गरेको तर प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएको संयोजक थापाले बताए ।

उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा सम्पती शुद्धिकरण गर्नुपर्ने लगाएका सुझाव आएको जिकिर गरे । बैठकले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई समितिको सम्पर्कमा आएर छानविनमा सघाउन आग्रह गरेको संयोजक थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...