नेभिगेशन
सबै कुरा

रास्वपाले इलाममा किन हार्यो चुनाव ? यस्ता छन् मुकुल ढकालका समीक्षा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको पार्टीको समीक्षा प्रतिवेदनमा रास्वपाले इलाममा भएको उपनिर्वाचनमा हार व्यहोर्नुको कारण खुलाएका छन् । उक्त प्रतिवेदनमा ढकाल आफू १ महिने समीक्षा यात्राका क्रममा इलाममा पुगेको र आफूहरुले चुनाव हार्नुको कारणबारे छलफल गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिवेदनको १६, १७ र १८ औँ पृष्ठमा ढकालले आफूहरुले देशभरी इलामको विषयमा छलफल गरेको र इलामका विभिन्न क्षेत्रमा समेत यसबारे छलफल गर्दा विभिन्न ११ कारणले चुनाव हारेको निष्कर्श निकालेका छन् । 

Ncell
Extreme Energy

महामन्त्री ढकालले इलाम उपनिर्वाचनलाई लिएर निकालेका ११ निष्कर्श यस्ता छन् । 

१. उपचुनाव हुने थाहा हुने बित्तिकै तयारी नगरिनु

२. मंङ्सिरभन्दा कति मत धेरै आयो, निर्धाारण गर्न जरुरी

३. उम्मेदवार छनोट चित्त नबुझ्नु

४. इलाम क्षेत्र नं १ का पार्टी सदस्यलाई चासो नदिइनु

५. स्थानीयभन्दा बाहिरबाट गएर बढी चुनावी प्रचारप्रसारमा सहभागी हुनु

६. सहकारीको भ्रम चिर्न नसक्नु

७. साम्प्रादायिक टिप्पणी भाइरल हुनु

८. संगठनको कमी हुनु

९. उपनिर्वाचनताका सरकारबाट केही फाइल खोल्न नसक्नु

१०. इलामका मुद्दा चुनावी प्रचारप्रसारमा प्राथमिकतामा नपर्नु

११. अनावश्यक शक्ति प्रदर्शन गरिनु

ढकालले विभिन्न ३८ जिल्ला पुगेर ३ हजार बढीसँग छलफल गरेर उक्त प्रतिवेदन बनाएका थिए । असार १२ गते उनले सभापति रवि लामिछानेलाई उक्त प्रतिवेदन अध्ययन गरी सार्वजनिक गर्न माग गर्दै बुझाएका थिए । 

त्यसपछि पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको थियो । ढकालले उक्त बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनले सोही प्रतिवेदनमा आधारित भएर अर्को प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सभापतिले प्रस्तुत गर्न नदिएको उनको आरोप छ । पछि उनी मुखमा पट्टी बाँधेर बैठकमा बसेका थिए । त्यसपछि सहमहामन्त्रीले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । 

दिनभर चलेको बैठक नसकिदै ढकाल साँझ पार्टी कार्यालयबाट निस्कदै उनले आफूमाथि ह्यारेमेन्ट भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि मध्यराति डा. ढकालको शैली ठिक नभएको भन्दै ७ दिनका लागि निलम्बन गर्ने पार्टीले निर्णय गरेको थियो । अहिले ढकालले आफूले बनाएको प्रतिवेदन सार्वजनिक गरिदिएका हुन् । 

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहाेस 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।