नेभिगेशन
सबै कुरा

अन्धविश्वासले निम्त्याएको पारिवारिक विनाशः काला जादु गरेको भन्दै २ जनाको हत्या

वीरगञ्ज । गत जेठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका १ विसुनपुर्वा टोलको ओरिया खोला किनारमा गाडेको अवस्थामा दुई वटा शव फेला पर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

शव फेला परेको स्थान नेपाल भारत सिमानामा पर्छ । शव सडेर दुर्गन्ध आइरहेको थियो भने वन्यजन्तुले खोस्रिएर शरीरका केही भाग बाहिरै देखिएको थियो । स्थानीयले प्रहरीलाई सो घटनाबारे खबर गरे । 

प्रहरी घटनास्थलमा पुग्दा शव नजिकै कालो प्लास्टिकको झोलामा पुजा गर्ने अबिर, धुप लगायतका सामाग्री पनि फेला पर्यो । तत्कालै प्रहरीले घटनाबारे अनुसन्धान गर्न जिल्ला  र छिमेकी जिल्लाका विभिन्न युनिटसँग समन्वय थाल्यो ।

अनुसन्धानका क्रममा उक्त शव बाराको कलैया उपमहानगरपालिका वडा नं ५ पर्सा टोलका ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र उनका सहयोगी साथी बाराकै आदर्श कोतवाल गाउपालिका वडा नं ५ बेलवा टोलका ४० वर्षीय सुरेश ठाकुरको भएको खुल्यो । 

शवको पहिचानपछि प्रहरीले मृतकको परिवारसँग निजहरूको व्यक्तिगत, आर्थिक, सामाजिक तथा धार्मिक पुष्ठभूमि बुझेर अनुसन्धान अघि बढायो । सो क्रममा प्रहरीले रामएकवालको परिवारमा अंशबण्डाको विषयमा चर्को विवाद रहेको पत्तो पायो । सोही विवादलाई आधार मानेर अनुसन्धान गर्दै जाँदा रामएकवालको हत्या परिवारकै सदस्यको योजनामा भएको रहस्य बाहिर आयो । 

‘रामएकवालको हत्या गर्ने योजना रामएकवालका सहदोर भतिज सन्तोष प्रसाद कुम्हार र सन्तोषका भिनाजु लक्ष्मण कुमार प्रजापतिले बनाएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय पर्साका घटना अनुसन्धान गरेका अधिकृतले भने,‘ उनीहरूले रामएकवालको हत्या गर्नको लागि महादेव महतो नुनियालाई सुपारी दिएको पाइयो ।’ साला भेना मिलेर रामएकवाल पण्डितको हत्या गर्न महादेव महतो नुनियालाई ४÷४ लाख रुपैयाँ दिएको बयानका क्रममा खुलाएका छन् । 

परिवारमा काला जादु गरेको भन्दै हत्या

मृतक रामएकवाल पण्डित कुम्हारका तीन दाजुभाइ छन् । तीनै दाजुभाइ मध्ये उनी सबैभन्दा कान्छो भए पनि परिवारको चल्तापुर्जा थिए । तीन दाजुभाइ मध्ये जेठो दाइ रहेका झोँझा पण्डितसँगको अंशबण्डाको विवाद अझैसम्म चलिरहेको छ । 

रामएकवाल मेडिकल पसल राखेर प्राथमिक उपचारको कार्य गर्दै आएका थिए । उनका ४ वटी छोरी र एक छोरा छन् । रामएकवाल मेडिकल पसलसँगै झारफुक समेत गर्ने गर्थे । उनले तन्त्रमन्त्र गरी मोहनी लगाएका कारण आफ्नो परिवारमा विभिन्न घटना हुने गरेको भन्दै उनको हत्या गरेको ठूलो दाइको छोरा लक्ष्मण पण्डितले प्रहरी समक्ष बयान दिएका छन् । 

हत्याका योजनाकार लक्ष्मण पण्डित र तिनका भिनाजु सन्तोष प्रसाद कुम्हारको बयानलाई उदृत गर्दै ती प्रहरी अधिकारीले भने, ‘काका रामएकवालले घरमा कालोजादु गरेका कारण कहिले भैँसी मर्ने, कहिले अचानक घरमा कुखुरा मर्ने लगायतका घटना हुने गरेको थियो ।’ उनीहरूले काकाकै काला जादुका कारण आफ्ना बाबु र दाइको बच्चाको समेत मृत्यु भएको बयान दिएको प्रहरीले जनाएको छ । 

काकाका कारण घरमा शुभ नभएको भन्दै लक्ष्मण पण्डितले चार महिनाअघि देखि नै काकाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । लक्ष्मण र सन्तोषले रामएकवालको हत्याका लागि हत्या मुद्दामा सजाय भुक्तान गरी बाहिर आएका महादेव महतो नुनियालाई ८ लाखको सुपारी दिएको पाइएको प्रहरीको दाबी छ । 

हत्याको रहस्य खुल्ने डरले रामएकवालका साथीको पनि हत्या

जेठ २५ गते लक्ष्मण र सन्तोषले पुजाको बहानामा रामएकवाललाई वीरगञ्ज बोलाउँछन् । रामएकवालले आफूसँगै सुरेश ठाकुरलाई पनि लिएर जान्छन् । उनीहरुलाई लक्ष्मण पण्डितका भिनाजु सन्तोष पण्डितले एउटै बाइकमा तिनजना चढाएर पर्साको जगरनाथपुर गाउँपालिका वडा नं। १ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनार पुर्याउँछन् ।

रामएकवाल र सुरेशलाई सोही खोलामा पुजाका लागि बोलाइएको थियो । त्यसपछि पूर्व निर्धारित योजना अनुसार हत्या गर्ने सुपारी पाएका महादेव महतो त्यहाँ पुग्छन् । उनीहरूले रामएकवाल र सुरेशको गम्छाले घाँटि थिचेर हत्या गर्छन् । त्यसपछि उनीहरूले शवलाई भारतीय सिमामा छोडेर त्यहाँबाट आआफ्नो घर लाग्छन् । 

झारफुक तथा रात्रीमा हुने पुजामा सहयोग गर्नका लागी साथी बनेर गएका सुरेश ठाकुरको समेत हत्या हुन्छ । ठाकुर विग्रेका टिभि मोबाईल मर्मत गर्ने काम गर्थे । उनी पनि रामएकवालसँग मिलेर सामान्य झारफुक समेत गर्दै आएका थिए । हत्याका योजनाकारहरुको सुरेशसँग कुनै दुश्मनी थिएन । पारिवारिक रिसिइवी रामएकवाल पण्डितसँग भएपनि हत्याको रहस्य खुल्ने डरले उनीसँगै आएका सुरेश ठाकुरको समेत हत्या गर्नुपरेको बयान लक्ष्मण पण्डितले प्रहरीलाई दिएका छन् । 

प्रहरीका अनुसार सुरेशलाई जिउँदो छोड्दा हत्याको पोल खुल्ने डरले उनको समेत हत्या गरिएको पर्सा प्रहरी समक्ष आरोपितहरुले बयान दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...