नेभिगेशन
सबै कुरा

ललितपुरको निर्माणाधिन घरमा प्रहरीको छापाः सुन पलाग्ने मेसिन, सुन र नगदसहित ५ जना पक्राउ

ललितपुर । ललितपुर प्रहरीले एक घरमा छापा हानेर सुन पगाल्ने मेसिनसहित सुन र ५० लाख नगद बरामद गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगर–१४ ताल्छिखेलस्थित निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको सूचना पाएपछि छापा हानेर सो बरामद गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले त्यहाँबाट ३ भारतीय सहित पाँच जनालाई पक्राउ समेत गरिएको छ। प्रहरीले भारत महाराष्ट्र साङ्ले घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका–८ बस्ने २० वर्षीय यसवन्त सुनारलाई नियन्त्रणमा लिएको छ । 

Ncell
Extreme Energy

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७ सय ३० रुपैयाँ र सुन पगाल्ने मेसिन बरामद गरेको हो । 

उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको ललितपुर प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...