नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिले गर्याे सहकारी पीडितसँग छलफल

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरेपनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए ।

Ncell
Extreme Energy

त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पिडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पीडितहरुसँग छलफल गरेको बताए ।

बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगि गरेको नबुझ्न  उनले सहकारी पीडितलाई आग्रह गरेका छन् । संयोजक थापाले तथ्यप्राप्त गर्नका लागि जेलमा रहेका सहकारी ठगी गर्नेलाई पनि सोधपुछ गर्ने बताएका छन् । 

सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउनका लागि आवश्यक कानूनका बारेमा जानकारी लिएको उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।