नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिले गर्याे सहकारी पीडितसँग छलफल

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।

सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरेपनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए ।

त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पिडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पीडितहरुसँग छलफल गरेको बताए ।

बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगि गरेको नबुझ्न  उनले सहकारी पीडितलाई आग्रह गरेका छन् । संयोजक थापाले तथ्यप्राप्त गर्नका लागि जेलमा रहेका सहकारी ठगी गर्नेलाई पनि सोधपुछ गर्ने बताएका छन् । 

सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउनका लागि आवश्यक कानूनका बारेमा जानकारी लिएको उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...