नेभिगेशन
सबै कुरा

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको आग्रह: 'फेरि जातजाती नभड्काउनुस्'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न आग्रह गरेका छन् । जारी संसद बैठकमा बोल्दै शाहीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

उनले भने 'प्रधानमन्त्रीले आदिवासी, जनजाति, दलितको कुरा गर्नुभयो । तपाईंको बोलीको स्वागत गर्छु । तर एकछिन तपाईंको पार्टीलाई फर्केर हेर्नुस् न । एकपटक जनजाति, दलितको छोरा यो पार्टीको अध्यक्ष भएमा हामी पनि पर बसेर ताली पड्काउथ्यौं । तर, राप्रपामा आदिवासी जनतातिको छोरालाई अध्यक्ष बनाइसक्यौं । हामी बोल्दैनौं ।'

साथै शाहीले थपे 'अर्को दलितको कुरा गर्नुभो । आज आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस न एकजना दलित मन्त्री छ ? छैन शून्य । यो रोष्टममा उभिएर काम नगर्ने, कुरा ठूलो गर्ने गर्नु भएन । दलितका छोराछोरी राजाका पालामा केही थिएनन् भन्नुभयो । हीरालाल विश्वकर्माको नाम सुन्नुभएको छ ? शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा, जसले बूढानीलकण्ठ स्कुलको स्थापना गर्नुभयो । त्यहाँ गरिब धनी सबैका छोराछोरी समानस्तरमा पढ्न सक्छन् । आज पनि जातीय छुवाछूतविरुद्धको कानून तपाईंहरूले बनाएको हो ? २०२०/२१ मा महेन्द्रले बनाएको हो । केही बुँदा तपाईंहरूले संशोधन गर्नुभएको होला ।सबैलाई खुल्ला छ राजनीति गर्नुस् । चुनाव जितेर आउनुस् । खुला छ मैदान । तर, जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्टमबाट नहोस् । अति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो । माओवादी सरकारमा थियो । त्यतबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो ।

शाहीले जातजातिका नाममा फेरि रगत बगाएर राजनीति नगर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरे । उनले भने 'हाम्रो जात एउटा छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जातजातिलाई टुक्र्याएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । बरु राजनीतिकबाट सन्नयास लिनुस् '

उनले गृहमन्त्रीसँग बोलेर नसकिने भन्दै व्यांग्य समेत गरे । उनले भने 'आज संसदमा रमाइलै छ । सबैजना हुनुहुन्छ । मलाई बडो अचम्म लागेका चाहीँ सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीले बोल्नुभो । उहाँहरूको कुरा सुन्दा देश त कायापलट भइसकेछ भन्ने लाग्यो । तर, याद राख्नुस्, आज पनि आठ लाख युवाले एक वर्षमा देश छोड्दै छन् । हुन त हामी गृहमन्त्रीसँग बोल्न सक्दैनौं । उहाँले बोलेर गिनिजबुकमै नाम लेखाएको हो ।'




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...