नेभिगेशन
सबै कुरा

ओली सरकारको पहिलो निर्णय : ३ सय दिनमा किर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट राखी प्याराफिट निर्माण गर्ने

काठमाडाैँ । नयाँ सरकार गठन भएसँगै पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको पहिलो बैठकले प्राकृतिक विपद्मा परेर मृत्यु हुनेहरुमा श्रदाञ्जली अपर्ण गर्दै निम्नानुसार निर्णय गरेको छ । 

१. नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा विरगती प्राप्त गर्ने विभिन्न ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने

२. बाढी पहिरोमा परि ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने, पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने, घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने 

३. बाढी पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने

४. २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने

५. किर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप फ्लडलाइट जडान र प्याराफिट निर्माणको कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने 

६. विपद्का कारण बेपत्ता भइ १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने

७. जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने

८. प्रधानमन्त्री कार्यालयकी सचिव लिलादेवी गर्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने

राष्ट्रपतिले रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित २२ मन्त्रीहरुलाई सोमबार नै सपथ खुवाएका थिए । सपथ पछिको सरकारको यो पहिलो बैठक हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...