नेभिगेशन
सबै कुरा

ओली सरकारको पहिलो निर्णय : ३ सय दिनमा किर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट राखी प्याराफिट निर्माण गर्ने

काठमाडाैँ । नयाँ सरकार गठन भएसँगै पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको पहिलो बैठकले प्राकृतिक विपद्मा परेर मृत्यु हुनेहरुमा श्रदाञ्जली अपर्ण गर्दै निम्नानुसार निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१. नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा विरगती प्राप्त गर्ने विभिन्न ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने

Ncell
Extreme Energy

२. बाढी पहिरोमा परि ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने, पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने, घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने 

३. बाढी पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने

४. २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने

५. किर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप फ्लडलाइट जडान र प्याराफिट निर्माणको कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने 

६. विपद्का कारण बेपत्ता भइ १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने

७. जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने

८. प्रधानमन्त्री कार्यालयकी सचिव लिलादेवी गर्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने

राष्ट्रपतिले रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित २२ मन्त्रीहरुलाई सोमबार नै सपथ खुवाएका थिए । सपथ पछिको सरकारको यो पहिलो बैठक हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।