नेभिगेशन
सबै कुरा

मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका मुख्य योजनाकार १ वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए । 

City Express

प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालोटेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...