नेभिगेशन
सबै कुरा

दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा लगानीकर्तामा उत्साह बढेको छः महासंघ अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् । महासंघ अध्यक्ष ढकालले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसक्नुको प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरुमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बावजुद राजनैतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसदका दुई ठुला राजनैतिक दलहरु मिलेर सरकार निर्माण गरेका छन् । यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,” ढकालले भने । 

Ncell
Extreme Energy

नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्। उनले सोमबार नै २१ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् । ढकालले तीन तीनपटक मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुनेमा विश्वास व्यक्त गरे । 

ढकालले प्रधानमन्त्री ओलीले पहिलो दिननै मन्त्रीपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको उल्लेख गरे । “सरकार गठन प्रकृयामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्दा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ । तर, प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रीपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ,” उनले भने ।

त्यस्तै, उनले अर्थ मन्त्रालयमा यस अघि नै अर्थमन्त्रालय सम्हालीसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको बताए । 

“अर्थ मन्त्रीको रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रको चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधै तयार नै छौँ,” उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।