नेभिगेशन
सबै कुरा

एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले राससलाई जानकारी दिए । उनले भने, “कतार एअरलाइन्सबाट यही साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नाकगरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।”

City Express

उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताए। उक्त कोकिन ल्याएर अन्सारी इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका खुल्नमा आएको ब्यूरोले जनाएको छ ।

उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...