नेभिगेशन
सबै कुरा

भिडियो रिलिज नहुँदै प्रिति आलेको तिज गीत विवादमा

काठमाडौँ । गायिका प्रिति आलेको नयाँ तिज गीत विवादमा तानिएको छ । औपचारिक रुपमा गीतको म्युजिक भिडियो सार्वजनिक नहुँदै गीतमा भएको शब्द चयनको विषयमा विवाद सृजना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आलेले यस वर्षको तिजका लागि मादलु घन्काउँदै बोलको गीत ल्याउँदै छिन् । असार ३० गते आलेको युट्युब च्यानलमा गीतको अडियो भर्सन सार्वजनिक भएको थियो । उक्त गीतको भिडियो शुक्रबार दिउँसो २ बजे मात्रै सार्वजनिक भएकाे छ । तर, गीत सार्वजनिक हुनुअघि नै विवादमा आले तानिएकी छन् । 

Ncell
Extreme Energy

उक्त भिडियोका कम्पोजर गोविन्द भट्टले म्युजिक भिडियोको केही क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । गीतको एउटा टुक्कामा श्रीमान् विदेश भएका महिलाहरूलाई परपुरुषगमनमा लागेको सन्देश दिने भाव उल्लेख छ ।

‘लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन तेस्का बाजे तीन महिने सुई लाउँछे...मादलु घन्काइदेउ ।’ 

१० मिनेटको म्युजिक भिडियोको आठौँ मिनेटमा यो टुक्का समावेश गरिएको छ । यो भिडियो गरिमा फिल्म्स्ले बजारमा ल्याउँदैछ । 


आले दोहोरी ब्याटलबाट चर्चामा आएकी गायिका हुन् । विवादका बीच उनका गीतहरू युवा पुस्तामा लोकप्रिय छन् ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शवलाई आज चितवन प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।
शिक्षक हत्या आरोपमा एकैगाउँका ११ जना पक्राउ

शिक्षक हत्या आरोपमा एकैगाउँका ११ जना पक्राउ

केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...