नेभिगेशन
सबै कुरा

नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले बैकल्पीक राजनीतिक प्रवृत्तिलाई स्थापित गर्न नसक्दा बिकल्प भनिएका दलहरु पनि स्थापित हुन नसकेको धारणा राखे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने भन्दै उनले बिगतमा ओलीबिरुद्ध उठाएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारे । कांग्रेस महामन्त्री शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उनले  भने, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”

Ncell
Extreme Energy

उनले नयाँ सरकारले देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नका लागि सबै दलहरुसंग समन्वय गर्न सक्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै