नेभिगेशन
सबै कुरा

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताए।

Ncell
Extreme Energy

‘अवरुद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ। खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ। खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ।’

राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा समस्या भएको उनले जानकारी दिए। करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताए। वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उनको भनाइ छ।

यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन्। सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताए।

‘हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो,’ उनले भने, ‘सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ। राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ।’

स्थानीयको सक्रियतामा मात्र सडक सञ्चालन गर्न निकै कठिन हुने उनी बताउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै