नेभिगेशन
सबै कुरा

पूर्वअर्थमन्त्री पुनको प्रश्नः ‘यो देश नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’

काठमाडाैँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले यो देश नेताहरुले नभएर बिचौलियाले चलाएको आरोप लगाएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलका क्रममा पुनले यस्तो बताएका हुन् । उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न विषय उल्लेख गर्दै यो देश कसले चलाएको छ भन्दै प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोशिस गर्नुभयो, मैले पनि सकेन । अब नयाँ अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । म नढाँटीकन आम जनाता अगाडि राख्न चाहन्छु कि यो देश राजनीतिक नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ? जवाफ छिट्टै प्रधानमन्त्रीले दिनुहुनेछ ।’ पुनले प्रश्न गरे । 

Ncell
Extreme Energy

त्यस्तै उनले नेताहरुले त्याग र बलिदान गरेको उल्लेख गर्दै देश बिचौलियाको हातमा नदिन आग्रह गरेका छन् । उनले भने, ‘नेताहरुले त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल बस्नुभएको छ, युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाईदिनुस्, पार्टीहरुले देश चलाईदिनुस् । बिचौलियाहरुले होइन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै