नेभिगेशन
सबै कुरा

पूर्वअर्थमन्त्री पुनको प्रश्नः ‘यो देश नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’

काठमाडाैँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले यो देश नेताहरुले नभएर बिचौलियाले चलाएको आरोप लगाएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलका क्रममा पुनले यस्तो बताएका हुन् । उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न विषय उल्लेख गर्दै यो देश कसले चलाएको छ भन्दै प्रश्न गरेका हुन् । 

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोशिस गर्नुभयो, मैले पनि सकेन । अब नयाँ अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । म नढाँटीकन आम जनाता अगाडि राख्न चाहन्छु कि यो देश राजनीतिक नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ? जवाफ छिट्टै प्रधानमन्त्रीले दिनुहुनेछ ।’ पुनले प्रश्न गरे । 

CG

त्यस्तै उनले नेताहरुले त्याग र बलिदान गरेको उल्लेख गर्दै देश बिचौलियाको हातमा नदिन आग्रह गरेका छन् । उनले भने, ‘नेताहरुले त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल बस्नुभएको छ, युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाईदिनुस्, पार्टीहरुले देश चलाईदिनुस् । बिचौलियाहरुले होइन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

‘तोकिएको फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत भएका छौँ,’ मन्त्री खरेलले भने, ‘सरकारकोतर्फबाट निर्वाचन तयारीका लागि भइरहेका कामकुराबारे स्पष्ट पार्ने काम भयो ।’
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...