नेभिगेशन
सबै कुरा

हामीले जोमाथि अनुसन्धान सुरु गर्यौँ, का‌ंग्रेस एमालेले उसैलाई मन्त्री पुरस्कार दियोः रवि लामिछाने

काठमाडौँ । पुर्व गृहमन्त्री समेत रहेका राष्टि«य स्वतन्त्र पार्टीका सभापतिले आफूहरुले आफ्नो कार्यकालमा जो जो व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान गर्यो तिनै व्यक्तिलाई सरकारले पुरस्किृत गरेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नदिने भन्ने विषयमा संसदमा बोल्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

‘सरकार सुरु हुने बितिक्कै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गित गाउँदै हुनुहुन्थ्यो । बाँसबारी छालाजुत्ताको अनुसन्धान चलिरहेको मान्छेको गीतको आवाज आयो बालकोटबाट । त्यहाँ हामीलाई शंकाको विषय आयो । त्यसपछि त्यहाँ मन्त्रीपरिषदको विषय आयो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो’, उनले भने, ‘नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रीमण्डलमा को गयो, संसद र देशलाई राम्रोसँग थाहा छ । हामीले बालमन्दिरको विषय उठायौँ, त्यहाँपनि पुरस्कार । बालमन्दिरको विषय उठिरहँदा, मन्त्रीमण्डलमा कसको सदस्य जानुभयोे, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो ।’

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

‘तोकिएको फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत भएका छौँ,’ मन्त्री खरेलले भने, ‘सरकारकोतर्फबाट निर्वाचन तयारीका लागि भइरहेका कामकुराबारे स्पष्ट पार्ने काम भयो ।’
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...