नेभिगेशन
सबै कुरा

गिरिबन्धु प्रकरणबारे ओलीले भने, ‘मैले त्यसबाट कुनै लाभ पनि लिनु छैन, गलत छ भने ऐन खारेज गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेट प्रकरणकमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दावी गरेका छन् । विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले सो बारे जवाफ दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यसअघि पनि अन्य ठाउँमा सट्टापट्टा हुने गरेको उदाहरण दिदै भने, ‘त्यै गिरिबन्धु टी स्टेट पनि सट्टा पट्टा भएको छ । बेचबिखन भएको छ । कानुनबिना नहोस्, कानुनसममत ढंगले होस् । त्यसका सर्तहरु पुरा होउन् । सुर्तअनुसार होस् भनेर त्यसबेला कानुन बनाउनुपर्यो । कसैलाई गिरिबन्धु टी स्टेटको नाममा अफवाह फैलाउने कुनै आफ्नाे अभ्यासलाई निरन्तरता दिनु छ भने त्यो बेग्लै कुरा होला । तर यो जरुरी छैन भन्ने ठान्छु । अनी गिरिबन्धु टी स्टेटको मुद्दा अदालतमा गएन र ? अदालतमा गएर फैसला भएन र ? फैसला भयो त गिरिबन्धु टी स्टेटको । बेचबिखन भएको छैन, सट्टापट्टा भएको छैन, हुनेभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर सर्त राखिया थ्यो त्यो सर्तलाई अदालतले अहिलेलाई रोक्द्यो । यो कार्यान्वयन नगर्नु भनेर ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले कानुनम ासंसोधन आवश्यक भए गर्न सकिने बताएका छन् । उनले त्यसबाट कुनै लिनु नभएको समेत बताएका छन् । ‘त्यो ऐन त जिवित छ त । त्यो ऐन खारेज गर्नुपर्छ भने गरौँ न । निमावली छ, जिवित छ नियमावली, गलत छ भने खारेज गरौँ । मेरो निजी सम्पत्ति होइन । मैले त्यसबाट कुनै लाभ पनि लिनु छैन । थु्प्रै मानिसहरुको समस्या होला । त्यसलाई सहजीकरण गर्नु छ भने बेग्लै कुरा होला । म प्रधानमन्त्री हुँदा कानुन बन्यो, कानुन बिना कारोबार हुने गरेको थ्यो, कानुन बन्यो । त्यसअनुसार कारबाही भएको छैन । अनी यो होहल्ला के का लागि होहल्ला ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै