नेभिगेशन
सबै कुरा

'तातो तावामाथि प्रधानन्यायाधीश श्रेष्ठ'

न्यायपालिका सुधारका महत्वकाक्षी योजना प्रस्तुत गर्दै सर्वोच्च न्यायायलयको ३१ औं प्रधानन्यायाधीशका रुपमा विश्वम्भर श्रेष्ठ अनुमोदित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय सुनुवाई समितिको आज बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको हो । श्रेष्ठले अन्यथा केही नभए आगामी २०८१ असोज १९ गतेसम्म न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

Ncell
Extreme Energy

२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ नेपालको न्यायपालिकामा कर्मचारीबाट प्रवेश गरी नेतृत्वमा पुग्ने भाग्यमानी भाग्यमानी प्रधानन्यायाधीश बनेका छन् । २०१६ साल असोज २० गते डोटी जिल्लाको सिलगढीमा श्रेष्ठको जन्म भएको थियो । २०३८ साल चैत २७ गते शाखा अधिकृतबाट न्याय क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ २०४४ साल माघ २३ गते जिल्ला न्यायाधीश बनेका थिए । 

संसदीय समितिबाट सिफारिस भएका प्रधानन्यायाधीश श्रेष्ठका अगाडि १३ महिनाको अवधि छ । यो अवधि न्यायपालिका सुधार गर्नका लागि यथेष्ट समय हो । हालसम्म विवादमा नदेखिएका प्रधानन्यायाधीश क्षेत्रका अगाडि दुई खालका अवसरहरु छन् ।

१) यसपटक समयमै प्रधानन्यायाधीशको सिफारिस र सुनुवाई भएकाले काम गर्न समयको अभाव हुने छैन । 

२)  क्याडर अर्थात न्याय क्षेत्रको अधिकृत स्तरबाट सबै खुड्किला पार गरी आएकाले न्यायपालिकाभित्र भएका तमाम समस्या र समाधानका उपाय तुलनात्मक रुपमा बढी रहेकाले सुधार गर्न सम्भव छ । 

यद्यपि, प्रधानन्यायाधीश श्रेष्ठमाथि चुनौती पहाड उभिएका छन् । करिब एक दशकदेखि धुमलिएको न्यायपालिका आजका दिनसम्म समालिएको छैन ।

न्यायपालिकाममा विर्सनलायक प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशबाटै आन्दोलन सकिए पनि न्यायपालिकामा यसको बाछिटा अझै देखिन्छन् । यसलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने पहिलो चुनौती देखिन्छ । 

न्यायपालिका सुधारका नाममा सर्वोच्च अदालतका न्यायाधीश वा नेपाल बार एशोसिएशनले गरेको आन्दोलनका कारण न्यायपालिकालाई गम्भीर क्षति पुगेको छ ।

ती आन्दोलन विगतमा ठिक वा बेठिक के थिए समीक्षा होला नै, तर त्यस्तो क्षतिबाट लयमा फर्कन न्यायपालिकालाई गम्भीर चुनौती छ । 

संविधानको मर्म अनुसार ‘छिटो, छरितो, निष्पक्ष, पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउने चुनौती न्यायिक नेतृत्व सामु छ । न्यायपालिकाको सन्दर्भमा सुशासनको विषय पनि त्यत्तिकै पेचिलो बनिरहेको अवस्थामा न्यायिक सुशासनको प्रत्याभूतिबाट मात्रै न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न हुने अवस्था छ ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका सुधारका लागि निर्मम भएर प्रयास नगर्ने हो भने दलीय नियन्त्रित न्यायपालिकाको मुहार फेर्न कठिन छ ।

राजनीतिक सौदाबाजीबाट न्यायिक नेतृत्वको काम कारबाही खुल्ला रुपमा देखिंदा विगतमा न्यायपालिका प्रतिको भरोसा घट्दै गएको बिषयप्रति गम्भीरता पुगेन भने प्रधानन्यायाधीशको रोहमा फोटो झुण्ड्याउने कार्य बाहेक अरु अपेक्षा गर्न सकिँदैन । त्यसै प्रधानन्यायाधीशले सबै क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम सुरु गर्नुपर्ने अवस्था । जसका लागि यस्ता केही अपेक्षा सुरुमै गरिएको छ । 

विकृति विसंगतिविहीन न्यायपालिकाको प्रतिवेदन

पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको विकृति विसंगतिविहीन न्यायपालिकाको प्रतिवेदन कार्यान्वयन आजको पहिलो आवश्यकता हो । जसले न्यायपालिकामा देखिएका धेरै समस्या समाधान पहिल्याउन सक्छ । नेपाल बार एशोसिएशन र अन्य सरोकारवाला निकायको संलग्नतामा बनेको यो प्रतिवेदन स्वयम सर्वोच्च अदालतले अपनत्व लिईसकेको छैन ।

यसलाई अपनत्व लिएर कार्यान्वयन गर्नु प्रधानन्यायाधीशका लागि ठूलो चुनौती छ । यो प्रतिवेदन नेपालको न्यायपालिकामा देखिएको समस्याको ऐना हो । 

लामो समययता न्यायपालिका सबैभन्दा बढि कुनै बिषयमा बढि आलोचित छ भने त्यो न्यायाधीश नियुक्तिमा हो । परीक्षा प्रणाली र बरिष्ठ उपसचिवबाट छनौट हुने भएकाले जिल्ला अदालतको नियुक्ती विवादरहीत छ । तर उच्च अदालत र सर्वोच्च अदालतको नियुक्ती फलामको च्यूरा चपाउने जस्तै बनेको छ । विगतमा राजनीतिक भागबण्डाका आधारमा न्यायाधीशको नियुक्तिले न्यायपालिकालाई क्षतविच्छ्द बनाएको छ । अदालतमा पाईलो नटेकेका व्यक्ति न्यायाधीश नियुक्त हुनेदेखि राजनीतिक पृष्ठभूमिबाट नियुक्ति भएकाले अदालतप्रति आम जनताको भरोसा टुट्दै गएको छ ।

यि सबै समस्या बुझेका प्रधानन्यायाधीश श्रेष्ठ नै न्यायाधीश नियुक्तिको सिफारिस गर्ने न्यायपरिषद्को अध्यक्ष रहने भएकाले अबका नियुक्ति विवादमुक्त बनुन भन्ने धेरैको अपेक्षा छ । तर न्यायपरिषद्को संरचना हेर्दा यि समस्या समाधान गर्न श्रेष्ठका अगाडी कम चुनौति छैन । तर वरिष्ठतम न्यायाधीशको साथ पाएमा यि समस्या समाधान गर्न असम्भव पनि छैन । मात्रै दृढ इच्छाशक्ति र राजनीतिक छायाँमा नपर्ने दरिलो हिम्मत आवश्यक छ । यति मात्रै होईन प्रधानन्यायाधीश श्रेष्ठले आँफुजस्तै न्याय क्षेत्रको शाखा अधिकृत नेतृत्वमा पुग्ने वातावरण तयार पार्नुलाई पनि न्यायपालिकाले सफलता मान्नेछ । 

न्यायाधीश नियुक्ति

डेढ दशकयताका नियुक्ति हेर्ने हो भने स्वयं नव अनुमोदित प्रधानन्यायाधीश श्रेष्ठकै नियुक्ति विवादबाट मुक्त थिएन । र हालसम्म पनि यो विवाद तथा आलोचनाको उस्तै छ । यसको जवाफ भविष्यमा न्यायाधीश नियुक्ति गर्दा श्रेष्ठले पक्कै दिनेछन् । 

राजनीतिक छाँया 

विगतमा राजनीतिक दलैपिच्छे फरक राजनीतिक छाँया न्यायपालिकामा देखिएको छ । न्यायपालिका सुधारको प्रमुख बाधक पनि यही हो । विगतमा न्यायपालिकामा भएका विर्सनलायक आन्दोलनमा समेत दलीय राजनीतिको बाछिटा देखिएकै हो । संसदको हस्तक्षेप अस्वभाविक रुपमा देखिएको हो । तर नेतृत्वहरुबाट यसको निराकरणका लागि कुनै प्रयास भएका छैनन् । यसलाई रोक्न सक्नुपर्छ ।

सर्वोच्च अदालत मात्रै होईन न्याय सम्पादनका क्रममा सबै तहका अदालतहरुमा गम्भिर विचलन देखिएको छ । राजनीतिक दाउपेचलाई सहयोग पुर्याउने गरी फैसला भएका छन । संवैधानिक वेञ्चले विगतमा गरेका केहि फैसलामा राजनीतिक गन्ध देखिएको आरोप लागेको छ । राजनीतिक प्रतिशोधका आधारमा कार्यपालिकाले चलाउने गलत अभ्यास अबदेखि न्यायपालिकामा देख्न नपरोस भन्ने सबैको विश्वास छ । यति मात्रै होईन राजनीतिक पृष्ठभूमिका मुद्दामा पन्छिने र आफ्नालाई च्यापनका लागि मालदार अड्डा रोजाउने प्रवृतिको समुल नष्ट हुनुपर्छ । 

बिचौलिया र भ्रष्टाचार 

अदालतमा फरक समयमा फरक प्रकृति र प्रबृतिका बिचौलिया हावी हुने गरेका छन् । सबैभन्दा ठूलो रोगका रुपमा देखिएको बिचौलियाको विगबिगी अन्त्य गर्नुपर्ने अवस्था छ । संसदीय सुनुवाईमा टाइमकार्डदेखि अदालत प्रवेशमा देखिएको कडाईले पनि यसलाई थप सहयोग पुग्न सक्छ । तर सबैभन्दा ठूलो कुरा इमान्दारिता हो । जबसम्म न्यायक्षेत्रका कर्मचारी, न्यायाधीश र कानून व्यवसायीहरूको इमान्दारिता सामूहिक देखिँदैन यसले सुधारका लागि कुनै गुञ्जायस दिन सक्दैन । 

लामो समयदेखि न्यायपालिकामा गुटबन्दीकै कारण कतिपय सुधारका काम हुन सकेका छैनन् । न्यायाधीशपिच्छे गुटबन्दी र आफ्नालाई च्याप्न अरुलाई फाल्ने प्रवृति अत्यन्तै घातक रुपमा न्यायपालिकामा डेरा जमाएको छ । यसलाई रोक्न निर्णय प्रकृया पारदर्शी बनाउन सके र सबैको साथ लिएर हिड्न सकेमात्रै न्यायपालिका सुधार सम्भव छ । न्यायपालिका जनताको आस्थामा टिकेको संस्था हो । न्यायपालिकाको आस्था र भरोसा न्यायसम्पादनबाट मात्रै बच्न सक्छ । त्यसैले न्यायाधीशहरुको सामुहिक प्रयास भएन भने न्यायपालिकामा देखिएको फोहोर हटाउन असम्भव नै छ । त्यसैले प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो करिब १३ महिने कार्यकाल यि सबै समस्या समाधान गरी सुखद विदाई हुनेछन् भन्ने अपेक्षा गरिएको छ । 

आन्तरिक गुटको अन्त्य 

लामो समयदेखि न्यायपालिकामा गुटबन्दीकै कारण कतिपय सुधारका काम हुन सकेका छैनन् । न्यायाधीशपिच्छे गुटबन्दी र आफ्नालाई च्याप्ने अरुलाई फाल्ने प्रवृति अत्यन्तै घातक रुपमा न्यायपालिकामा डेरा जमाएको छ । यसलाई रोक्न निर्णय प्रकृया पारदर्शी बनाउन सके र सबैको साथ लिएर हिड्न सकेमात्रै न्यायपालिका सुधार सम्भव छ । न्यायपालिका जनताको आस्थामा टिकेको संस्था हो । न्यायपालिकाको आस्था र भरोसा न्यायसम्पादनबाट मात्रै बच्न सक्छ । त्यसैले न्यायाधीशहरूको सामूहिक प्रयास भएन भने न्यायपालिकामा देखिएको फोहोर हटाउन असम्भव नै छ । त्यसैले प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो करिब १३ महिने कार्यकाल यी सबै समस्या समाधान गरी सुखद् विदाइ हुनेछन् भन्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई...
सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका  थिए । तीमध्ये २० वर्ष माथिका औषधि...
थोरङ्लापासमा सात वर्षीय बालककाे  विश्व कीर्तिमान

थोरङ्लापासमा सात वर्षीय बालककाे विश्व कीर्तिमान

आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा...
नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

यस्तै यसअघि हिजो मङ्गलबार उहाँले नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको रावलले...

भर्खरै