नेभिगेशन
विशेष

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

काठमाडौँ । सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु लगायत विभिन्न स्थानको सुकुम्बासी बस्ती खाली गरी त्यहाँ बस्दै आएकाहरुलाई दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थित तरिकाले राख्ने काम भइरहेको छ । यसरी होल्डिङ सेन्टरमा बसेका युवाहरु अहिले भने सीप सिक्न व्यस्त देखिएका छन् । सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई कपडामा बुट्टा हान्ने काम सिकाइ रहेका छन् । सानै उमेरदेखि यही काम गर्दै आएका अन्सारीले होल्डिङ सेन्टरमा यो सीप सिक्न चाहनेहरुलाई सिकाउँदै आएका छन् । होल्डिङ सेन्टरमा बिना काम दिनभर यतिकै बस्नु पर्ने अवस्था थियो, अहिले यो सीप सिक्न पाउँदा राम्रो लागेको सुमिन मगरले बताए । होल्डिङ सेन्टरमा दिनभर सुत्ने, केही काम गर्न नपाइने अवस्था थियो, अहिले दाई सँग  कपडामा बुट्टा हाल्ने काम सिक्न पाउँदा समय खेर गएको जस्तो लाग्दैन, उनले भनिन् । रबानी अन्सारीका अनुसार यो पेशामा राम्रो कमाई गर्न सकिने र बजारमा यसको माग पनि धेरै रहेको बताए । उनले होल्डिङ सेन्टरमा मात्र नभएर सीप सिक्न चाहनेलाई निस् शुल्क रुपमा होल्डिङ सेन्टर बाहिर पनि सिकाइदिने  बताए ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Radha-swami-Satsang_-864-1777789522.jpg

Ncell
Extreme Energy

Radha-swami-Satsang_-863-1777789498.jpg

Radha-swami-Satsang_-862-1777789493.jpg

Radha-swami-Satsang_-1777789479.jpg

Radha-swami-Satsang_-861-1777789479.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विशेष
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...

भर्खरै