नेभिगेशन
समाज

बनेपाको सुकुम्बासी होल्डिङ सेन्टरमा जे देखियो(तस्बिरहरु)

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बासी बस्तीमा डोजर चलाउँदा, अहिले हजारौं मानिसहरू घर बिहिन भएका छन् । कतिपय मानिस आफैं व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिसहरू सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका छन् । उपत्यकाका विभिन्न बस्तीबाट  बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा पनि वैशाख २४ गते ११० जना पुर्याइएका थियो । यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरुको सरकारसँग गुनासैगुनासो र माग रहेको छ । खाना बस्नमा कुनै कमी कमजोरी नदेखेका उनीहरूले बच्चाबच्चीको पढाई, रोजगारी स्थायी बसोबासको माग गर्दै आएका छन् । शान्तिनगर बस्तीबाट होल्डिङ सेन्टरमा पुर्याइएका दिल बहादुर सुब्बा र कृष्ण कुमारी सुब्बिनीको माग पनि छिटो भन्दा छिटो उचित बसोबास व्यवस्था हुनु पर्यो भन्ने रहेको छ । सरकारले समय नै नदिई घरमा डोजर चलाएको, घरबाट सामान पनि निकाल्ने समय नदिएको उनीहरूको गुनासो छ । दैनिक ज्याला मजदुरी गर्दै गुजारा चलाउने लाल बहादुर लिम्बुलाई पनि सरकारले छिटो भन्दा छिटो छानबिन गरी गरिब र भूमिहीनको उचित व्यवस्था हुनु पर्ने माग राख्दछन् । १० वर्षीय छोरी मानसिक र शारीरिक रुपमा कमजोर रहेको कारण पनि छोरीको उपचारमा सरकारले सहयोग गर्ने उनको विश्वास समेत रहेको छ । ६६ वर्षीय तोयनाथ मिश्रको पिसाब सम्बन्धी समस्या छ । बालाजु बस्तीमा बस्दै आएका उनी अहिले बनेपा होल्डिङ सेन्टरमा बस्दै आएका छन्।  पिसाबको थैली हातमै बोकी हिँड्ने उनले सरकारले ढिलै भए पनि उचित व्यवस्था गर्ने आश राखेका छन् । त्यहाँ रहेका साना केटाकेटीहरुको पनि माग समयमै विद्यालय जान उचित व्यवस्था गर्नु पर्ने नै रहेको छ । नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्राद्ध श्रेष्ठका अनुसार वैशाखको २४ गते देखि यहाँ १५४ जनाको लागि चाहिँ आवास तथा खानाको व्यवस्थापनको सहरी विकास मन्त्रालयबाट पत्राचार भएको र ११० जना चाहिँ २४ गते बेलुका तीनवटा गाडीमा ल्याइएको उनले जानकारी दिइन् । जसमा विभिन्न उमेर समूह, र विभिन्न अवस्थाको मानिसहरू, नौ दिनको सुत्केरी, त्यस्तै १८ वर्ष मुनिका बालबालिका जम्मा २६ जना जसमा १६ जना बालिका, १० जना बालक। ज्येष्ठ नागरिक  लगभग १६ जना रहेका छन् । ११० जना ल्याएकोमा हाम्रो क्यापासिटी भनेको चाहिँ ६० जनाको बेड क्यापासिटी छ। हाम्रो यो तालिम केन्द्र हो, यहाँ चाहिँ हाम्रो बेडिङ सबै लजिङको व्यवस्था भएको भएर चाहिँ ६० जनाको क्यापासिटी भएकोमा ११० जना आउँदा खेरी कसरी व्यवस्थापन गर्ने भन्दा खेरी चाहिँ हामीले सुरुमा चाहिँ मोस्ट भल्नरेबल सबैभन्दा आवश्यक पर्ने बालबालिका, आमाहरू  र वृद्धवृद्धालाई चाहिँ पहिला हामीले रुममा एकोमोडेट गर्यौँ। जति सक्छ रुममा एकोमोडेट गर्यौँ, सकेसम्म परिवारलाई सँगै राख्ने कोसिस गर्यौँ। त्यसपछि बाँकी जुन पुरुषहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले अहिले हलमा व्यवस्थापन गरिरहेका छौँ, श्रेष्ठ बताइन् ।

तस्बिर: सूर्याम्स उप्रेती र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Banepa-Slum-Holding_Center_-1779169182.jpg

Ncell
Extreme Energy

Banepa-Slum-Holding-Centre_-77-1779169180.jpg

Banepa-Slum-Holding-Centre_-70-1779169171.jpg

Banepa-Slum-Holding-Centre_-68-1779169170.jpg

Banepa-Slum-Holding-Centre_-59-1779169147.jpg

Banepa-Slum-Holding-Centre_-62-1779169160.jpg

Banepa-Slum-Holding-Centre_-66-1779169165.jpg

Banepa-Slum-Holding-Centre_-67-1779169168.jpg

Banepa-Slum-Holding-Centre_-53-1779169130.jpg

Banepa-Slum-Holding-Centre_-38-1779169120.jpg

Banepa-Slum-Holding-Centre_-17-1779169110.jpg

Banepa-Slum-Holding-Centre_-14-1779169088.jpg

Banepa-Slum-Holding-Center_-1779169088.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार(तस्बिरहरु)

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार(तस्बिरहरु)

सरकारले कार्यालय समय बढाएर शनिबार र आइतबार बिदा दिने निर्णयसँगै सिंहदरबार क्षेत्र सुनसान देखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले...

भर्खरै