नेभिगेशन
सबै कुरा

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताएका छन् । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उलने समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताए । 

City Express

उनले भने, “समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।” 

यसैगरी उनले नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताए। जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने उनको भनाइ थियो । तीन तहका सरकारले अधिकार सम्पन्न भएर काम गरे संविधान संशोधनको अवस्था नआउने उनको जिकिर छ । 

उनले भने, “समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए हामी यो अवस्था पुग्दैनथ्यौ कि भन्ने मलाई लागिरहेको छ ।” यसैगरी, उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर सरकार बनेको र यो सरकार जनताको चाहानाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नका लागि बनेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...