नेभिगेशन
सबै कुरा

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उलने समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताए । 

Ncell
Extreme Energy

उनले भने, “समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।” 

यसैगरी उनले नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताए। जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने उनको भनाइ थियो । तीन तहका सरकारले अधिकार सम्पन्न भएर काम गरे संविधान संशोधनको अवस्था नआउने उनको जिकिर छ । 

उनले भने, “समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए हामी यो अवस्था पुग्दैनथ्यौ कि भन्ने मलाई लागिरहेको छ ।” यसैगरी, उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर सरकार बनेको र यो सरकार जनताको चाहानाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नका लागि बनेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।