नेभिगेशन
सबै कुरा

रास्वपाले संसदमा दर्ता गरायो विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी छलफलका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद डा.तोसिमा कार्की प्रस्तावक र अन्य सांसदहरु समर्थक रहेको प्रस्तावमा राज्यमाथि रहेको नागरिकको जीवनको सुरक्षा गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने, मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने, राज्यसँग प्राप्त स्रोतसाधनको जानकारी राख्न र प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्ने संकल्प प्रस्ताव गरिएको छ । 

साथै आकस्मिक स्वास्थ्य संकटको अवस्था हुनसक्ने, तीन तहको सरकारबीच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने, विपद्को विषयमा प्रतिक्रियात्मकमात्र नभई संसदले पूर्वसक्रियता देखाउनुपर्ने प्रस्ताव गरिएको रास्वपाले जनाएको छ । 

संकल्प प्रस्तावको समर्थकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डांगी, सांसदहरु गणेश पराजुली, असीम शाह, विराजभक्त श्रेष्ठ, विन्दवासिनी कंशाकार, डा.चन्दा कार्की रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...