नेभिगेशन
सबै कुरा

मंसिर २ सम्म रोकियो न्यूरोडको फुटपाथ विस्तार, उपमेयरको नेतृत्वमा समिति बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी सबै काम स्थगित गर्ने सहमति गरेको छ । 

महानगरमा मेयर बालेन्द्र शाह(बालेन), उपमेयर सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीच छलफल भएको थियो । 

छलफलपछि मंसिर २ गतेसम्म काम रोक्ने सहमती भएको छ । काठमाडौँ महानगरपालिका २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनका अनुसार अहिले तत्काल काम रोकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको छ । 

महानगरले न्यूरोडमा फुटपाथ बढाउन थालेपछि २२ तर्फका स्थानीयले अवरोध गरि आन्दोलन गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...