नेभिगेशन
सबै कुरा

लुम्बिनीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।  

Ncell
Extreme Energy

यसैअनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।

त्यसअवसरका प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद्का नयाँ सदस्यहरुको सपथ कार्यक्रम बुधबार बिहान राख्ने गरी तयारी गर्न दलका नेताहरुलाई आग्रह गरे । सोहीअनुसार बुधबार बिहान ८ः०० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिए । 

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र उनीहरुको जिम्मेवारी  एकैपटक टुङ्गो लगाइने गरी सरकारमा सहभागी दलहरुबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिए । 

अर्घाखाँचीको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै