नेभिगेशन
सबै कुरा

सिमलताल पहिरो : १२ औँ दिनमा पनि बससहित यात्रुको खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताए । 

Dish Home
Global Ime Bank

यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६  पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच  भारतीय नागरिकका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै