नेभिगेशन
सबै कुरा

बागमती प्रदेशः सवारी दुर्घटनामा तीन सय चारजनाको मृत्यु

बागमती । सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०/८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा  दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो । 

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए । सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको उनले बताए । 

Dish Home
Global Ime Bank

ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले गत आर्थिक वर्ष २०७९/८० मा  दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । सो आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चारजनाको मृत्यु भएको थियो ।  त्यसअघि आव २०७८/७९ मा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ५० हजार नौ सवारीमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै