नेभिगेशन
सबै कुरा

छानबिनमा परेकाहरुले पहिले देश छोड्थे, अहिले मन्त्री पुरस्कार पाएः सुदन किराँती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिने भाषणले जगतलाई मुर्ख बनाउने काममात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै उनले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको भन्दै उनले यस्तो बताएका हुन् । 

सरकार अदलिएपछि धेरै कुरा बदलियो । हिजो छानबिन चलिरहँदा धेरै मान्छेले सिमाना नाघ्यो भन्थे, देश छोड्यो भन्थे । पुरस्कारस्वरुप आज उनीहरु ठूला ठूला मन्त्री भएका छन् ।’ किराँतीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा र सम्मानीय प्रधानमन्त्री ज्यूको हिजोको भाषण, के यो प्रवृत्तिले छुनसक्छ ? यो प्रश्न उठेको छ । तर जे जे भएपनि यहाँहरुले जगतलाई मूर्ख बनाउनुभएको छ ।’ 

Dish Home
Global Ime Bank

किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको समेत बताएका छन् । संख्याका हिसावले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए । 

किराँतीले मौद्रीक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने बिषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।  उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्रता पाउँछ वा पाउदैन भन्दै प्रश्न समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै