नेभिगेशन
सबै कुरा

मनसुनयता बाढीपहिरामा परी १३३ को मृत्यु

काठमाडौँ । मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए । 

Ncell
Extreme Energy

उनका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरामा परी सात जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।