नेभिगेशन
सबै कुरा

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, रोज राणा देखि बादशाह कुर्मी सम्मलाई मन्त्री बनाए

बुुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् । 

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य सोमबार मुख्यमन्त्री बनेका थिए । साथै लोसपा, नाउपा, जनमत, जसपा, जसपार्ले समर्थन गरेका छन् ।

Dish Home
Global Ime Bank

आचार्य एमाले संसदीय दलको उपनेता हुन् । उनको शपथ ग्रहणमा पूर्व मुख्यमन्त्रीहरु उपस्थ्ति भएपनि एमालेकै संसदीय दलका नेता लीला गिरी भने उपस्थित भएनन् । मुख्यमन्त्री नियुक्तीका लागि गिरीको नामको सिफारीस पत्र तयार भैसकेपछि गिरीको नाममा टिपेक्स लगाएर नेकपा एमालेको केन्द्रले हस्तक्षप गर्दै उपनेता आचार्यलाई नियुक्तीका लागि सिफारीस गरेको थियो । 

शपथ ग्रहणसँगै मुख्यमन्त्री  आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । 

मुख्यमन्त्रीसँगै नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् भने 

नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले शपथ लिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै