नेभिगेशन
सबै कुरा

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, रोज राणा देखि बादशाह कुर्मी सम्मलाई मन्त्री बनाए

बुुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य सोमबार मुख्यमन्त्री बनेका थिए । साथै लोसपा, नाउपा, जनमत, जसपा, जसपार्ले समर्थन गरेका छन् ।

Ncell
Extreme Energy

आचार्य एमाले संसदीय दलको उपनेता हुन् । उनको शपथ ग्रहणमा पूर्व मुख्यमन्त्रीहरु उपस्थ्ति भएपनि एमालेकै संसदीय दलका नेता लीला गिरी भने उपस्थित भएनन् । मुख्यमन्त्री नियुक्तीका लागि गिरीको नामको सिफारीस पत्र तयार भैसकेपछि गिरीको नाममा टिपेक्स लगाएर नेकपा एमालेको केन्द्रले हस्तक्षप गर्दै उपनेता आचार्यलाई नियुक्तीका लागि सिफारीस गरेको थियो । 

शपथ ग्रहणसँगै मुख्यमन्त्री  आचार्यले एमालेका र कांग्रेसका चाररचार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । 

मुख्यमन्त्रीसँगै नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् भने 

नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले शपथ लिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।