नेभिगेशन
सबै कुरा

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ । काठमाडाैँबाट पाेखरा उडान भर्ने क्रममा सौर्य एअरलाइन्सकाे 9N-AME CRJ 200 कलसाइन जहाज विमानस्थलमा दुर्घटनामा परेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

जहाजहरुको विवरण दिने एअरफिल्ट्स डटकमका अनुसार सन् २००३ मा क्यानडाको बम्बार्डिअर एअरलाइन्सले पहिलोपटक सञ्चालनमा ल्याएको उक्त जहाज त्यसको १ महिनापछि अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो । 

त्यसको करिब डेढ वर्षपछि अर्थात सन् २००४ अगष्ट ४ देखि सोही जहाज अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सले चलाएको थियो । करिब ३ वर्षपछि अर्थात सन् २००७ जुन १४ बाट उक्त जहाज नाइजेरियाको एरिक एअरलाइन्सले चलाएको थियो । 

सोही जहाज २००८ देखि दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजले सञ्चालन गरेको थियो भने उक्त जहाज २०१६ मा स्टोर गरिएको थियो ।  स्टोर भएको ५ महिनापछि उक्त जहाज नेपालको सौर्य एअरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै