नेभिगेशन
सबै कुरा
प्रत्यक्षदर्शीको प्रश्नः

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

काठमाडौँ । बुधबार बिहान काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा विमानस्थलको पूर्वी भागमा दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार चालक  दलका सदस्य सहित १९ जना सवार जहाजमा १८ जनाले ज्यान गुमाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशको सुविधा सम्पन्न अन्तराष्ट्रिय विमानस्थलको उद्धार प्रतिकार्य क्षेत्रको २ सय मिटर नजिकै भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि विमानस्थलको उद्धार र राहत कार्यको प्रभावकारितामा गम्भीर प्रश्न उठेको छ ।

Ncell
Extreme Energy

दुर्घटनास्थलको ठिक पारीपट्टि हात्तिडाँडाबाट भयानक दुर्घटना देखेका स्थानीय गणेश थापा जहाज खसेको लामो समयसम्म पनि उद्धार टोली नआएकोमा रोष प्रकट गर्छन् । ‘दनदनी जहाज बल्न थाल्यो, धेरै बेरसम्म पनि उद्धार टोली आइपुगेन’ थापा भन्छन्- आफैं दौडिएर बार काटेर उद्धारमा जुटे । मेरो मात्रै केही सामार्थ्य चलेन ।’ 

थापा सुविधा सम्पन्न विमानस्थलको २ सय मिटरमै भएको दुर्घटनामा परी यति ठूलो मानवीय क्षति हुनु गम्भीर भएको उनी बताउँछन् । दुर्घटनास्थलमा भेटिएका अर्का एक प्रत्यक्षदर्शीले पनि विमानस्थल हातामै भएको दुर्घटनामा अनपेक्षित मानवीय क्षति भएको बताए । उनका अनुसार दुर्घटना भएको कम्तिमा १५ मिनेटसम्म पनि उद्धार टोली घटनास्थलमा पुगेका थिएन । 

विमानस्थल हातामा भएका नेपाली सेनाका केही अधिकारी, काँडाघारीतर्फ रहेका ट्राफिक प्रहरीका अधिकारी र सर्वसाधारण पहिले दुर्घटनास्थलमा पुगेको ति प्रत्यक्षदर्शीले बताए । ‘दनदनी बलिरहेको जहाजबाट उनीहरूले केही गर्न सकेका थिएनन् तथापि एक ट्राफिक प्रहरीका जवानले घाइतेलाई तानेर बाहिर निकाल्ने प्रयास गरे,’ ति प्रत्यक्षदर्शीले भने ।

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस्

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी

आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै