नेभिगेशन
सबै कुरा

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

काठमाडाैँ । बुधबार बिहान सौर्य एयरलाइन्सको 9N-AME CRJ 200 कलसाइन जहाज काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडान भर्दै थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जहाज उडान भर्नको लागि ०२ धावनमार्ग अर्थात कोटेश्वरतर्फ पुग्यो । ट्राफिक कन्ट्रोलरले टेकअफको लागि अनुमति दिए । केही समयमै जहाजले धावनमार्ग छोड्यो । काँडाघारीतर्फबाट दुर्घटना देखेका प्रत्यक्षदर्शी गणेश थापाका अनुसार धावन मार्ग छोडेर उचाइ लिँदै गर्दा जहाज ढलपल ढलपल गरेर दाहिनेतर्फ मोडिएर भुईँमा बजारियो ।

Ncell
Extreme Energy


जहाज पहिला घाँसे मैदानमा बजारियो । अत्याधिक रफ्तारमा भुईँमा बजारिएको जहाज घिस्रिएर ट्याक्सी स्ट्यान्ड पार गर्यो । त्यसपछि एयर डाइनेस्टीको हेलिकोप्टर ह्याङ्गरमा ठोक्कियो । जहाजले ह्याङ्गरमा रहेको कन्टेनरमा ठक्कर दियो । 

सो क्रममा प्लेनको ककपिट सहितको अघिल्लो भाग उछिट्टिएर काँडाघारीको बाटो नजिकको खाल्डोमा खस्यो । प्लेनको पछिल्लो भाग अर्कोतर्फको खाल्डोमा पर्यो । यो सबै हुँदा जहाजमा दनदनी आगो लागिसकेको थियो । 

के कारण जहाज दुर्घटनामा पर्यो भन्ने खुलेको छैन । मौषम, अन्य कुनै बाह्य कारण पनि केही नदेखिएको र पाइलटसँग टेकअफको अनुमतिपछि थप कुनै संवाद नभएको नागरिक उड्ययन प्राधिकरणले बताएको छ । 

जहाजलाई सी–चेकका लागि पोखरा लैजान लागिएको थियो । यद्यपि जहाज बिग्रिएर वा खराबी आएर मर्मत गर्न लागिएको भने होइन । सी–चेक भनेको निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षण हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षणका लागि आउन लागेको थियो । पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलाइन्सका कर्मचारी र प्राविधिकहरू सोही जहाजबाट उडान भरेका थिए ।  

तर जहाज उडान भरेको केही सेकेन्डमै भुईँमा बजारियो । विमानमा सवार १८ जनाको शव सङ्कलन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ ।

विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिष शाक्यको उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए । दुर्घटनामा पाइलट शाक्यबाहेकका सबैजनाको निधन भएको छ।   

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस्

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी

आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै