नेभिगेशन
सबै कुरा

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छिन् । 

संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट गरेकी हुन् । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा राणासँग सो प्रश्न गरेका हुन् । 

Dish Home
Global Ime Bank

मन्त्री डा राणाले भनिन्, “यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।”  

परराष्ट्रमन्त्री डा राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरुमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राखिन् । 

सांसदहरुको जिज्ञासामा मन्त्री डा राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट गरिन्। इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उहाँले भन्नुभयो, “सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै