नेभिगेशन
सबै कुरा

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट गरेकी हुन् । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा राणासँग सो प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

मन्त्री डा राणाले भनिन्, “यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।”  

परराष्ट्रमन्त्री डा राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरुमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राखिन् । 

सांसदहरुको जिज्ञासामा मन्त्री डा राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट गरिन्। इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उहाँले भन्नुभयो, “सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै