नेभिगेशन
सबै कुरा

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका बिषयमा थप छलफल गर्ने संसदीय सुनुवाई समितिको निर्णय

काठमाडौँ । संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका बिषयमा थप छलफल गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसंग छलफल गरेपछि समितिले यस बिषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो । अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ । त्यसअघि बैठकमा सांसदले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा प्रश्न राखेका थिए भने प्रधानले त्यसको जवाफ दिएका थिए । समिति सदस्य महेश बर्तौलाले प्रधानका विरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रका बारेमा नै प्रश्न उठिसकेपछि आफूलाई आरोपबाट मुक्त गर्ने आधारका बारेमा प्रश्न गरेका थिए । त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेदा निकै गम्भीर देखिएको र यसले उच्च नैतिक चरित्रको बिषय आकर्षित हुनसक्ने उल्प्लेख गरे । 

समिति सदस्यहरुले प्रश्नको जवाफ दिदै प्रधानले आफुले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए । उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानून बिपरित काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए । अदालतमा मिलेको बिषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रतिप्रश्न गरे । 

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनको तर्क छ । प्रधानविरुद्ध समितिमा यौन दुव्र्यवहार लगाएतका उजुरी परेका थिए । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै