नेभिगेशन
सबै कुरा

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका बिषयमा थप छलफल गर्ने संसदीय सुनुवाई समितिको निर्णय

काठमाडौँ । संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका बिषयमा थप छलफल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसंग छलफल गरेपछि समितिले यस बिषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो । अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ । त्यसअघि बैठकमा सांसदले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा प्रश्न राखेका थिए भने प्रधानले त्यसको जवाफ दिएका थिए । समिति सदस्य महेश बर्तौलाले प्रधानका विरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । 

Dish Home
Global Ime Bank

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रका बारेमा नै प्रश्न उठिसकेपछि आफूलाई आरोपबाट मुक्त गर्ने आधारका बारेमा प्रश्न गरेका थिए । त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेदा निकै गम्भीर देखिएको र यसले उच्च नैतिक चरित्रको बिषय आकर्षित हुनसक्ने उल्प्लेख गरे । 

समिति सदस्यहरुले प्रश्नको जवाफ दिदै प्रधानले आफुले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए । उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानून बिपरित काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए । अदालतमा मिलेको बिषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रतिप्रश्न गरे । 

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनको तर्क छ । प्रधानविरुद्ध समितिमा यौन दुव्र्यवहार लगाएतका उजुरी परेका थिए । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

डिम्यानको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ बहस आइतबार, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछन् ।
‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

‘भारत र पाकिस्तान युद्धविरामका लागि सहमत’

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएः अमेरिकी राष्ट्रपति ट्रम्प

भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् ।
उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

उदयपुरका प्रहरी सहायक निरीक्षकको सुनसरीमा पिकअप दुर्घटनामा मृत्यु

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत  सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

भर्खरै