नेभिगेशन
सबै कुरा

विमान दुर्घटनाका मृतकको हुलिया, फिङ्गर प्रिन्ट र दाँतबाट पहिचान हुन नसके डिएनए टेस्ट गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण जारी छ । बुधबारदेखि नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण गर्न सुरु गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको छ । उनका अनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको डा चौधरीले बताउनुभयो । 

Ncell
Extreme Energy

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । “आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा चौधरीले भने, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।”

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ  । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए। डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ । 

शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । बुधबार बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै