नेभिगेशन
सबै कुरा

निरन्तर भईरहेको हवाइ दुर्घटनाबारे नियामक निकाय गम्भीर नभएको सांसदहरुकाे आराेप

काठमाडौँ । नेपालमा निरन्तर हवाइ दुर्घटना भइरहदा पनि नियमक निकाय गम्भीर हुन नसकेको भन्दै संसदीय समितिमा कुरा उठेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सो विषयमा छलफल भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा समिति सदस्यहरुले नेपालमा निरन्तर हवाइ दुर्घटना भइरहदा पनि नियमक निकाय गम्भीर हुन नसकेको आरोप लगाएका थिए । उनीहरुले दुर्घटनामा पाइलटलाई मात्रै दोषि देखाएर आफु पन्छिन खोजेको हो की भन्ने आशंका पैदा भएको समेत बताए । समिति सदस्य उदय शम्सेर जवराले जहाज दुर्घटनाको जिम्मेवारी सरकार र सरोकारवाला निकायले लिनुपर्ने बताए । बिमान दुर्घटनापछि आयोग बनाएर प्रतिवेदन निकाल्ने र पछि थन्काउने कामलाई बन्द गर्नुपर्ने उनको भनाइ छ । 

Ncell
Extreme Energy

सांसदहरुको प्रश्नको जवाफ दिदै प्राधिकरणका महानिर्देशक अधिकारीले प्राधिकरणको जिम्मेवार निकायमा रहेका कारण दुर्घटनाको सवै जिम्मेवारी आफुले लिने बताए । उनले राज्यद्वारा गठित आयोग आधिकारिक भएकाले आयोगको रिपोर्ट स्वीकार्य हुने जिकिर गरे । 

जवाफ दिने क्रममा अधिकारीले सांसदसंग सवालजवाफ गरेपछि सभापति राजकिशोर यादवले आपत्ती जनाउदै संसदीय मर्यादा कायम गर्न निर्देशन दिएका थिए । अधिकारीले आफु संसदीय अभ्यासको विद्यार्थी नभएकाले समितिको नियमबारे जानकारी नभएको भन्दै क्षमा मागेका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बिमान दुर्घटनापछि सरकारले बनाएको जाचँबुझ आयोगको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दावी गरेका छन् । 

मन्त्री पाण्डले यसअघि भएका बिमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनमा बिषयमा निकै प्रश्न उठ्ने गरेको भन्दै अहिलेको आयोगले दिने प्रतिवेदन सुक्ष्म ढंगले अध्ययन गर्ने र शत प्रतिशत कार्यान्वयन गर्ने बताएका हुन् । बुधबार भएको सौर्य एयरको बिमान दुर्घटनाका बारेमा जानकारी दिदै मन्त्री पाण्डेले दुर्घटना भइसकेपछि बिमानस्थल पुगेर घटनाको अध्ययन गरिरहेको र सरोकारवाला निकायलाई पनि आवश्यक निर्देशन दिइएको बताए । उनले नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट निकट भविष्यमा नै हट्ने विश्वास व्यक्त गरे । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सौर्य एयरलाइन्स दुर्घटनाको प्रावधिक बिषयमा छानविन आयोगलाई जानकारी गराउने बताए । अनुसन्धानमा प्रभाव पर्ने भएकाले अड्कलबाजी वा देखिएका कुराहरुमा राय दिन नमिल्ने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै