नेभिगेशन
सबै कुरा

रास्वपाको विधान परिमार्जनका लागि कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।  

Dish Home
Global Ime Bank

उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ छन् ।

आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताए। उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्नेछन् । 

बैठकले पार्टीको पदाधिकारी र  नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय समितिको आजको बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । बैठकले डा अरनिको पाँडेलाई पार्टीको केन्द्रीय समितिमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पार्टीको केन्द्रीय विभागमा विभिन्न मितिमा सदस्य अनुमोदन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘उधारो सम्झौतामा रास्वपा सहमतिमा आउँदैन, हाम्रो पार्टी नयाँ छ तर बेकुफ छैन’: स्वर्णिम वाग्ले

‘उधारो सम्झौतामा रास्वपा सहमतिमा आउँदैन, हाम्रो पार्टी नयाँ छ तर बेकुफ छैन’: स्वर्णिम वाग्ले

उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे । ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा...
पत्नीको कुटपिटबाट पतिको मृत्यु

पत्नीको कुटपिटबाट पतिको मृत्यु

बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
संगठन विस्तारको लागि झापा र मोरङ आउँदै रास्वपा कार्यवाहक सभापति अर्याल

संगठन विस्तारको लागि झापा र मोरङ आउँदै रास्वपा कार्यवाहक सभापति अर्याल

सो अधिवेशनको उद्घाटन समारोह सकेर कार्यवाहक सभापति अर्याल गौरादहको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहाँ उनले पार्टीमा भर्खरै आबद्ध भएकाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको कार्यवाहक सभापति अर्यालको...
भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा (तस्विहरु)

भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा (तस्विहरु)

भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा (तस्विहरु)