नेभिगेशन
सबै कुरा

मौसम पूर्वानुमानः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना छ ।

Ncell
Extreme Energy

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती,  गण्डकी, लुम्बिनी र  कर्णाली  प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले  सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै