नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

युएईबाट जन्मकैद मुक्त भएर अन्तत नेपाल फर्किए ओखलढुङ्गाका भुवन श्रेष्ठ

काठमाडौँ । बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर अरेबियाको जहाज अवतरण भयो । जहाज धावन मार्गबाट पार्किङतर्फ आउँदै गर्दा झमझम पानी परिरहेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

८ वर्ष अघि पैसा कमाउने सुन्दर भविष्य बनाउने सपना बुनेर संयुक्त, अरब इमिरेट्स (युएई) पुगेका ओखलढुङ्गाका भुवन श्रेष्ठले ८ वर्ष पछि झलमल्ल काठमाडौँ देखे, ५ वर्षपछि स्वतन्त्र भएर खुल्ला आकाश देखे ।

Ncell
Extreme Energy


साथी हत्याको आरोपमा ५ वर्ष शारजहामा जेल जीवन बिताएर कारागारबाटै सिधै काठमाडौँ आएका उनी जन्मभूमिको माटोमा टेक्न पाउँदा भक्कानिए । 

यात्रु आगमन कक्षको एक छेउमा टुसुक्क बसे, देश छोडेको दिन अनि ५ वर्ष जेलमा काटेका दिन सम्झिए । केही बेरमा विमानस्थलकै एक कर्मचारीलाई सहयोग मागेर आफ्ना दाइलाई फोन लगाए । आगमन कक्षको बाहिरपट्टि दाजु भाइ अङ्गालिएर रोए । ८ वर्षपछि नेपाल फर्कँदा खल्तीमा पासपोर्ट बाहेक भुवनसँग केही थिएन । खुसी हुने एकै मात्र कुरा थियो आजीवन कारागार बस्नु परेन । 

ओखलढुङ्गाको चिशङ्खुगढी ३ का २९ वर्षीय भुवन साथीको हत्या आरोपमा युएईको शारजहा जेल चलान भएका थिए । २९ वर्षीय छोरालाई आजीवन कारावासको सजाय भएपछि जेलबाट छोरा निकाल्न बुबा यम बहादुर श्रेष्ठ ब्लड मनी सङ्कलनका लागि अभियानमा जुटेका थिए । 

मृतकका परिवारको माग अनुसारको ब्लड मनी भुक्तानी गरेको खण्डमा मात्रै भुवन नेपाल फर्किन पाउने भएपछि ६५ वर्षीय यमबहादुरले छोराको तस्विर टिसर्टमा प्रिन्ट गरेर छोराको ज्यान जोगाएर नेपाल फर्काउन सङ्घर्ष गरेका थिए । २०८० फागुन २० गते छोराको जीवितै उद्धारका लागि पहल गरिदिन भन्दै यमबहादुर सिधाकुरा आएका थिए । उनको विषय रिर्पोटिङ पछि भुवनलाई जेलबाट निकाल्न विश्वभरका नेपालीहरूले आर्थिक सङ्कलन गरेका थिए । 


३ लाख दिराम अर्थात नेपाली १ करोड रुपैयाँ मृतक नवलपुरका बाबुराम आलेमगरको परिवारलाई ब्लडमनी बापत बुझाएपछि सबै प्रक्रिया पुरा गरेर भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए । उनका अनुसार हत्या आरोपमा सजाय काटिरहेका धादिङका पहलमान मगर पनि केही दिनमा नेपाल फर्किदै छन् ।

८ वर्ष अघि रोजगारीका लागि युएई पुगेका भुवन र पहलमान तथा मृतक बाबुराम आलेमगर एकै ठाउँमा काम गर्थे । भुवनका अनुसार कामबाट फर्किएपछि तीनै जनाले थोरै मदिरा सेवन गरेर फरक फरक कोठामा सुतेका थिए । तर, केही घण्टापछि बाबुरामको हत्या भएको भन्दै प्रहरीले भुवन र पहलमानको हातमा हतकडी लगायो । 

घटना हुँदा युएईमै रहेकी मृतक बाबुरामकी श्रीमती नरिमा मगरले भुवन र पहलमान विरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले अदालतमा बुझाएको फाइलमा बाबुरामको हातमा भुवन र पहलमानको फिङ्गर प्रिन्ट देखिएको र उनीहरुले हत्या स्विकार गरेको बयान दिएको उल्लेख गरिएको थियो ।

सोहि आधारमा युएईको उपल्लो अदालतले श्रेष्ठ र मगरलाई आजीवन कारावासको सजाय सुनाएको थियो । कारावासबाट निस्कन उनले मृतकको परिवारलाई ब्लडमनी दिनुपर्ने र परिवारले स्विकृत दिएको खण्डमा रिहा हुने फैसलामा उल्लेख गरिएको थियो । 

भुवन र पहलमान दुवैको आर्थिक अवस्था कमजोर भएपछि उनीहरुका परिवारले स्वदेश फर्काउन आर्थिक सङ्कलन अभियान सुर गरेका थिए । 

केही समय अघि अदालतले तोकेको ३ लाख दिराम, मृतकी श्रीमतीलाई हस्तान्तरण गरेको कागज नेपाली नियोग हुँदै युएई अदालतमा बुझाइएपछि भुवन कारागार मुक्त भएको युएईस्थित नेपाली दुतावासले जनाएको छ । 

नेपाल फर्किएपछि सिधाकुरासँग कुरा गर्दै भुवनले आफूमाथि झुठो आरोप लागेको बताए । भाषाको समस्याका कारण आफूहरुलाई हत्या स्वीकार गरिएको बयानमा औँठा छाप लगाउन लगाइएको र अदालतको फैसला पछि मात्रै सो कुरा बुझेको भुवनको दाबी छ । 

अदालतमा पटकपटक आफ्ना कुरा राख्ने प्रयास गर्दा पनि सुनुवाई नभएको उनको दाबी छ । कारागार चलान भएपछि जीन्दगी सकियो भन्ने सोचेको भुवनले सिधाकुरालाई बताए । ‘आशै मारेको थिएँ तर कुनै न कुनै दिन भगवानले मुक्त गराउँछन् भन्ने सोचेर आफूलाई सम्हालेको थिएँ,’ भुवनले भने, ‘नेपाल र विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरूले नै रकम सङ्कलन गरेर नेपाल फर्काए ।’ 


आफू कारागारमा हुँदा आफ्नो उद्धारका लागि बाबुले गरेको सङ्घर्ष सम्झिएर भुवन भावुक बने । नेपालबाट फर्काउनका लागि आर्थिक सङ्कलन भइरहेको खबर पाएका भुवनलाई एकाबिहानै कारागार भित्रका प्रहरीले खुशीको खबर सुनाए । 

तिर्नुपर्ने ब्लडमनी भुक्तानी भई युएई अदालतले रिहाईका लागि अनुमती दिएकाले उनलाई अर्को ठाउँमा सारियो । त्यसपछि कागजी प्रक्रिया पुरा गरे विमानस्थलसम्म पुर्याउँदा पनि भुवन ढुक्क भने थिएनन । यसअघि सँगै जेल बसेका धेरै व्यक्ति विमानस्थल पुगेर समेत फर्कीएका थिए । तर, भुवनको हकमा त्यस्तो भएन । उनी एयर अरेबियाको विमान मार्फत नेपाल फर्कीए ।

अब के गर्ने रु कसो गर्ने भुवनले केही सोच्न सकेका छैनन् । उनलाई कतिबेला बाबु आमालाई भेटौँ भन्ने भएको छ । उनले आफूलाई उद्धार गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

प्रधानमन्त्रीको बाढी ब्रिफिङ: शव व्यवस्थापन देखि सुरुङ उद्धारबारे के भने ?

‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास...
वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

वीरगंजकाे नारायणी अस्पतालबाट एकदिने शिशु चोरी

परिवारका अनुसार सरसफाइ कर्मचारी बताउँदै आएकी एक महिलाले बच्चालाई खेलाउने बहानामा लिएर फरार भएकी हुन् । बच्चाका हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीकाे रूपमा...
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।

भर्खरै