नेभिगेशन
सबै कुरा

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । 

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । 

CG

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो । बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । आज जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो ।

उनीहरु मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्ता डिल्लीबजार कारागार चलान

एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्ता डिल्लीबजार कारागार चलान

उनलाई डिल्ली डिल्ली बजार कारागार चलान गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।
लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सिधाकुरालाई बताए ।
गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका...