नेभिगेशन
सबै कुरा

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

झापा । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ ।

Ncell
Extreme Energy

“विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ”, प्रमुख साहले भने। उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्र्राहकसँग प्राधिकरणले रु दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ ।

अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट रु एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ । 

पालिकाले तिरेनन् सडक बत्तीको महसुल

अनारमनी वितरण केन्द्रअन्तर्गत छ नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन् । अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे । 

साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका–११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका–७ र १०, इलामको माई नगरपालिका–५, झापा गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका–१, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ रहेका छन् । उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । 

सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको रु ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको रु २९ लाख ७४ हजार नौ सय ५७, मेचीनगर नगरपालिकाको रु १० लाख ८८ हजार छ सय २१ र कनकाई नगरपालिकाको रु १० लाख ६३ हजार सात सय ३९ बक्यौता रकम रहेको साहले जानकारी दिए । सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाको संयुक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको नेपाली सेनाले जनाएको छ ।
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...