नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०७८र७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९र८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो ।

Ncell
Extreme Energy

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत रु ७२ करोड ६० लाख सङ्कलन गरेको छ । 

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र करिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले लाई यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ ।
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।