नेभिगेशन
सबै कुरा

सिमलताल दुर्घटनाः ३८ जना यात्रु र बसको अवस्था अझै अज्ञात

काठमाडौँ । १५ दिन बिति सक्दा पनि नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका ३ जना जीबीतै रहेका छन् भने ६३ जना यात्रु हराई रहेको थियो । 

Ncell
Extreme Energy

हाल सम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस हराएको १५ दिन बिति सक्दा पनि बसको कुनै अत्तो पत्तो लागेको छैन् । बस यात्रुको खोजी ससस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् । 

भारत बाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राबिधिक रहेका छन् । भारत बाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बिपद् ब्यबस्थापन तालीम शिक्षालयका एसपी जनक पुरीले बताए । 

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतिय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ ।
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।