नेभिगेशन
सबै कुरा

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई विशेष ब्यूरोबाट हटाईयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उनको ठाउँमा राजन अधिकारीलाई पठाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय हालसम्म गोप्य राखिएको छ । विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाएका हुन्। 

Ncell
Extreme Energy

केसीको नेतृत्वमा असार १४ गते बेचन झा र प्रतिक थापा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका उच्च नेताहरु नै तानिने बताइएको थियो । तिनै झालाई पक्राउ गर्दा सरकार ढालेको अभिव्यक्ति पूर्व गृहमन्त्री रवि लामिछानेले नै दिदै आएका छन् । 

केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

मृतकको संख्या ६२६ पुग्यो, चितवनमा २३३ शव फेला

नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ ।
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।