नेभिगेशन
सबै कुरा

मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Dish Home
Global Ime Bank

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी र  कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले  कोशी, बागमती,  गण्डकी र  सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।  

साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले  सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो...
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
आगलागीले ३ घर जलेर नष्ट

आगलागीले ३ घर जलेर नष्ट

पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल...

भर्खरै