नेभिगेशन
सबै कुरा

डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे  भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

Dish Home
Global Ime Bank

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो...
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
आगलागीले ३ घर जलेर नष्ट

आगलागीले ३ घर जलेर नष्ट

पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल...

भर्खरै