नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

काठमाडाैँ । आफुविरुद्धको भ्रष्टाचार मुद्दाविरुद्ध सर्वोच्च गएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्चले समेत भ्रष्टाचारी ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार विशेष अदालतको फैसला सदर गरेको हो । भ्रष्टाचारी ठहर भएका उनलाई सर्वोच्चले ६९ लाख १५ हजार जरिवानासहित ९ महिना कैदको सजाय सुनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका नेता र पटकपटक मन्त्रीसमेत भएका जोशी र उनको परिवारविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सुरुमा अदालतले हदम्याद कटाएर मुद्दा दर्ता गरेको भन्दै जोशीलाई सफाई दिएपनि सर्वोच्च अदालतले विशेषको फैसलालाई नमिलेको भन्दै पुन फाइल हेर्न फर्दिकाइदिएको थियो । 

Ncell
Extreme Energy

त्यसपछि विशेष अदालतले उनको मुद्दामा हेरफेर गरेको थियो । सर्वोच्चले फकाइदिएको मुद्दामा विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले जोशीले २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गर्दै डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

सो फैसलाविरुद्ध सर्वोच्च गएका जोशीलाई करिब १२ वर्षपछि सर्वोच्च अदालतले समेत भ्रष्टाचारी ठहर गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...