नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

काठमाडाैँ । आफुविरुद्धको भ्रष्टाचार मुद्दाविरुद्ध सर्वोच्च गएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्चले समेत भ्रष्टाचारी ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार विशेष अदालतको फैसला सदर गरेको हो । भ्रष्टाचारी ठहर भएका उनलाई सर्वोच्चले ६९ लाख १५ हजार जरिवानासहित ९ महिना कैदको सजाय सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका नेता र पटकपटक मन्त्रीसमेत भएका जोशी र उनको परिवारविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सुरुमा अदालतले हदम्याद कटाएर मुद्दा दर्ता गरेको भन्दै जोशीलाई सफाई दिएपनि सर्वोच्च अदालतले विशेषको फैसलालाई नमिलेको भन्दै पुन फाइल हेर्न फर्दिकाइदिएको थियो । 

City Express

त्यसपछि विशेष अदालतले उनको मुद्दामा हेरफेर गरेको थियो । सर्वोच्चले फकाइदिएको मुद्दामा विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले जोशीले २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गर्दै डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

सो फैसलाविरुद्ध सर्वोच्च गएका जोशीलाई करिब १२ वर्षपछि सर्वोच्च अदालतले समेत भ्रष्टाचारी ठहर गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...