नेभिगेशन
सबै कुरा

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग विशेष अदालतले माग्याे ५० हजार धराैटी

काठमाडाैँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्बनमा परेका मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी मागेको हो । अभियोग पत्र दायर भएको ३५ दिनपछि बयानमा पुगेका अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालसँग ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको हो ।

Everest cinsult

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा गत असार ९ गते मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । आयोगले उनीहरुबाट साढे ३८ करोड ६७ लाख १७ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो । 

अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो । 

२०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ । 

अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए । २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउने क्रममा रहेका अर्याललाई सरकारले त्यसको ३ दिनअघि मात्रै मुख्यसचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा...
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।
मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार...