नेभिगेशन
सबै कुरा

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग विशेष अदालतले माग्याे ५० हजार धराैटी

काठमाडाैँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । 

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्बनमा परेका मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी मागेको हो । अभियोग पत्र दायर भएको ३५ दिनपछि बयानमा पुगेका अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालसँग ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको हो ।

Dish Home
Global Ime Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा गत असार ९ गते मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । आयोगले उनीहरुबाट साढे ३८ करोड ६७ लाख १७ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो । 

अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो । 

२०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ । 

अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए । २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउने क्रममा रहेका अर्याललाई सरकारले त्यसको ३ दिनअघि मात्रै मुख्यसचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
बलात्कार आरोपी कारगारभित्रै मृत फेला

बलात्कार आरोपी कारगारभित्रै मृत फेला

उनी जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए । उनीविरुद्धको मुद्दाको फैसला भईसकेको छैन ।
तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छुटेका छन् । उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। ...
बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

हालका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमा सिंहकी दिदिसहित १७ जनालाई प्रतिवादी बनाइएको छ ।

भर्खरै